आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता : फारम , शारदानगर र चोरमारा विजयी

    प्रकाशित २०७८ कार्तिक ५, शुक्रबार (२ साल अघि)


राजु चापागाई,देवचुली।
देवचुलीमा संचालित दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगितामा शुक्रबार फारम , शारदानगर र चोरमारा विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् ।

देवचुली वडा नम्बर- ५ को सहयोगमा समाज सुरक्षा क्लबको आयोजनामा कदमपुरमा रहेको देवीस्थान मन्दिर पछाडीको खेल मैदानमा संचालित प्रतियोगिताको फारम खेलकुद समिती र गैंडाकोट फुटबल क्लबबीच भएको पहिलो खेलमा फारम खेलकुद समिती २-० गोल अन्तरले विजयी भएको छ । खेलमा फारम खेलकुद समितीबाट समीर बर्मा र सुजन सुनारले १/१ गोल गरेका थिए । गोडार युवा क्लब र शारदानगर चितवनबीच भएको दोस्रो खेलमा शारदानगर चितवन ३-२ गोल अन्तरले विजयी भएको छ । शारदानगर चितवनका तर्फबाट विशाल बोगटीले ३ गोल गरेका थिए भने गोडार युवा क्लबका तर्फबाट सुरज सुनार र रोशन महत्तोले १/१ गोल गरेका थिए ।

त्यस्तै चोरमारा युवा क्लब र देवघाट युवा क्लबबीच भएको तेस्रो खेलको निर्धारित समयमा बराबरी (०-०) गोल हुँदै ट्राईबेकरमा चोरमारा युवा क्लब ५-४ गोल अन्तरले विजयी भएको छ ।

नवलपुर र चितवन जिल्लाका २६ टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ५० हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु २५ हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ ।त्यस्तै खेलमा सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

शनिबारबाट दोस्रो चरणको खेल अन्तर्गत आयोजक समाज सुरक्षा क्लब र सेभेन स्टार क्लब साथै रजहर युवा क्लब र पृथ्वीनगरबीच हुने आयोजक क्लबका सफल लामिछानेले बताए ।

Write your Comment