आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

नवलपुरका पत्रकारहरुलाई खोजमुलक पत्रकारिता तालिम

    प्रकाशित २०७८ कार्तिक ३, बुधबार (२ साल अघि)


गैंडाकोट । गैंडाकोटमा खोजमुलक पत्रकारिता तालिम सुरु भएको छ । गैंडाकोटस्थित विजय विकास स्रोत केन्द्रमा आजदेखि सुरु भएको तालिममा नवलपुरका क्रियाशील पत्रकारहरू सहभागी छन् ।

नेपाल पत्रकार महासंघ पूर्वी नवलपरासीले आयोजना गरेको खोजमुलक पत्रकारिता तालिम कार्यक्रमलाई सेयरकास्ट इनिसियटिभ नेपाल, गैंडाकोट नगरपालिका र एनईडिले प्रायोजन गरेको हो । तालिममा नवलपुरका २५ जना पत्रकारहरुको सहभागिता छ ।

तालिममा नवलपुर जिल्लाका पत्रकारहरूलाई प्रभावशाली, पारदर्शी, जवाफदेही र स्थानीय सरकारकालागि खोज पत्रकारिता विषयमा अभिमुखिकरण गराईने आयोजकले जनाएको छ ।

तालिम नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुलीको अध्यक्षतामा भएको छ । अध्यक्ष पराजुलीले तालिमको उद्देश्यवारे प्रस्ट पारे । तालिममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा रहेका छन् ।

तालिमको उद्घाटन समारोहका अतिथिहरूमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा, सेयरकास्ट इनिसियटिभका भूमि चापागाई, हुप्सेकोट गाउँपालिकाका प्रमुख लक्ष्मी पाण्डे, गैंडाकोट नगरपालिकाको उपप्रमुख विष्णु कुमारी कँडेल र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष दीपक भट्टराईलगायत छन् ।

बुधबारदेखि सुरु भएको खोजमुलक पत्रकारिता तालिमको बिहिबार समापन हुनेछ ।

Write your Comment