आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीमा मोटरसाईकल दुर्घटनाः १ को मृत्यु, २ घाईते

    प्रकाशित २०७८ कार्तिक २, मंगलबार (२ साल अघि)


नवलपुर, कार्तिक २ । नवलपुरको देवचुलीमा छुट्टाछुट्टै दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । गएराती देवचुली १० मिलनटोलस्थित भित्री सडकखण्डमा मोटरसाईकल अनियन्त्रित भई पल्टिदा देवचुली १० पृथ्वीनगरका २७ बर्षीय तिलक भुसालको मृत्यु भएको हो । सोही मोटरसाईकलमा सवार पृथ्वीनगरकै २५ बर्षीय लक्ष्मण भुसाल घाईते छन् ।

घाईते तिलकको उपचारका क्रममा आज बिहान अस्पतालमा मृत्यु भएको हो । अर्का घाईते लक्ष्मणको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

लु ४३ प २७०९ को मोटरसाईकलमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेका उनीहरु मोटरसाईकल अनियन्त्रित हुँदा दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ । अन्दाजी रातको साढे ११ बजेतिर दुर्घटना भएका बेला हावाहुरीसँगै जोडले पानी परेको थियो ।

यस्तै, आज मंलवार बिहान देवचुली १३ दलदलेमा मोटरसाईकलले ठक्कर दिदा साईकलयात्री घाईते भएका छन् । ध १ प ८९८० नं. को मोटरसाईकलले ठक्कर दिदा देवचुली २ का ६० बर्षका कर्णबहादुर पंजियार घाईते भएका हुन् । घाईते पंजियारलाई पनि उपचारका लागि भरतपुर स्थित पुरानो मेडिकल कलेज पठाईएको अस्थायी प्रहरी चौकी दलदलेले जनाएको छ ।

Write your Comment