आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

देवचुलीमा दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

    प्रकाशित २०७८ कार्तिक १, सोमबार (२ साल अघि)

राजु चापागाईं ,देवचुली । देवचुली नगरपालिकामा दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०७८ आजबाट सुरु भएको छ । समाज सुरक्षा क्लबका अध्यक्ष नवल ढेंगाको अध्यक्षतामा भएको समुदघाटन खेलमा देवचुली नगरपालिका वडा न ५ का अध्यक्ष शिवलाल सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समुदघाटनमा बोल्दै वडा अध्यक्ष शिवलाल सापकोटाले वडाले खेलकुद पर्वद्धनमा सदैव सहयोग गर्ने बताउनुभयो । वडा कार्यालयले निरन्तर खेलमैदान स्तरोन्नतिसंगै खेलकुद प्रतियोगिताहरु संचालन गर्न प्रतिबद्ध रहेको सापकोटाले बताउनुभयो । समुदघाटन खेलमा वडा सदस्यहरु,विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

देवचुली नगरपालिका वडा न ५ को सहयोगमा समाज सुरक्षा क्लब आयोजनामा कदमपुरको खेलमैदान आज भएको युनाईटेड युवा क्लब गिरबारी र सेभेन स्टार क्लब कावासोतीबिचको समुदघाटन खेलमा सेभेन स्टार क्लब कावासोती २-० गोलले विजयी भएको छ ।

नवलपुर जिल्लाका २० वटा भन्दा बढि टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ५० हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु २५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । भोलीको खेल लक्ष्मीपुर युवा क्लब देवचुली १२ र आयोजक समाज सुरक्षा क्लब “बी” साथै डायमण्ड युथ क्लब कावासोती १२ र झाँक्रे युवा क्लब देवचुली ४ बीच हुने आयोजक क्लबका सफल लामिछानेले बताए।

Write your Comment