आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

पृथ्वीनगरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

    प्रकाशित २०७८ आश्विन २१, बिहिबार (२ साल अघि)


राजु चापागाई,देवचुली । देवचुली नगरपालिका वडा नं १० पृथ्वीनगरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । देवचुली वडा न १० को समन्वयमा शान्तिदिप युवा क्लबले नेपालीहरुको महान चाड विजयादशमी, शुभ दिपावली, छठ पर्वको पावन अवसरमा पारी सरसफाई कार्यक्रम आयोजना गरेको हो । महाराजा मन्दिर परिसर, खेलमैदान , मगर संग्रहालय परिसर तथा शान्ति दिप युवा क्लबको कार्यालय परिसर देखि पृथ्वीनगरको सम्पूर्ण क्षेत्र सरसफाई गरिएको क्लबका सचिव डण्डापानी न्यौपानेले जानकारी दिनुभयो ।

देवचुली वडा न १० लाई सदैव सफा, सुन्दर र हराभरा बनाउने अभियान अन्तर्गत चाडपर्वको अवसर पारी सरसफाई कार्यक्रम आयोजना गरिएको शान्ति दिप युवा क्लबका उपाध्यक्ष सन्तोष श्रेष्ठले बताउनुभयो । वडालाई पूर्ण सरसफाईमैत्री बनाउनका लागि क्लब सदैव सकृय रहने श्रेष्ठले बताउनुभयो। शान्तिदिप युवा क्लबले वडामा निरन्तर सृजनशील काम गरिरहेको र युवाहरुको साथले विकास निर्माणको काममा सघाउ पुगेको देवचुली वडा नं १० का अध्यक्ष केशर आले बताउनुभयो । क्लबलाई सक्रिय बनाईराख्नका लागि आवश्यक पर्ने सहयोगका लागि वडा कार्यालय तयार रहेको उहाँले बताउनुभयो ।
शान्ति दिप युवा क्लबका उपाध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षता भएको सरसफाई कार्यक्रममा देवचुली वडा नं १० का अध्यक्ष केशर आलेको प्रमुख आतिथ्यता रहेको थियो ।त्यस्तै कार्यक्रममा शान्ति दिप युवा क्लबका पदाधिकारीहरु, विभिन्न संघसंस्थाका पदाधिकारीहरु लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।

Write your Comment