आज:  २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026 Search
FLASH NEWS

कावासोतीले कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई ५० हजार रुपैयाँ दिने

    प्रकाशित २०७८ आश्विन १९, मंगलबार (४ साल अघि)


नवलपुर । कावासोती नगरपालिकाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका परिवारलाई ५० हजार रुपैयाँ दिने भएको छ ।

कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाले नगरपालिकाभित्र कोराना संक्रमणले ज्यान गुमाएका व्यक्तिका परिवारलाई सहयोगस्वरूप प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय भएको जानकारी दिए । यो रकम दसैंअगाडि नै वितरण गरिने पनि उनले बताए ।

कावासोती नगरपालिकाभित्र गत १९ महिनाको अवधिमा ५५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

Write your Comment