आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

मध्यबिन्दु जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री वितरण

    प्रकाशित २०७८ आश्विन १५, शुक्रबार (२ साल अघि)


नवलपुर । नेपाल रेडक्रस सोसाइटी नवलपुरद्वारा मध्यबिन्दु जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालय र कोकाकोला फाउन्डेसनको कार्यक्रम अन्तर्गत नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपुरद्वारा बिहिबार मध्यबिन्दु जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री वितरण गरिएको हो । अस्पताललाई १०००० पिस माक्स, ५७६ बोत्तल सेनिटाईजर,१५०० जोडी ग्लोब्स,५० पिस फेसशिल्डलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको नेपाल रेडक्रस सोसाइटी नवलपुरका मन्त्री काशिराम पाठकले बताउनुभयो ।
कोभिड-१९ बाट सुरक्षित रहँदै सेवाग्राहीहरुलाई अस्पतालले निरन्तर सेवा प्रदान गर्नका लागि सहज बनाउनका लागि स्वास्थ्य सामग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी नवलपुरका सभापति मदनभक्त अधिकारीले बताउनुभयो । विपदको बेलामा नेपाल रेडक्रस सोसाइटी नवलपुर निरन्तर क्रियाशिल रहेको उहाँले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी नवलपुरका सभापति मदनभक्त अधिकारीको अध्यक्षतामा भएको वितरण कार्यक्रममा कावासोती नगर प्रमुख चन्द्र कुमारी पुन,नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयका सन्देश थापा ,बद्री प्रसाद गौतम, नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका कार्यक्रम संयोजक किरण सेढाई,जिल्ला अस्पतालका मे.सु.डा.वीर बहादुर थापा, नेपाल रेडक्रस सोसाइटी नवलपुरका उपसभापति उमा भुसाल, मन्त्री काशिराम पाठक, कोषाध्यक्ष ऋषिराम कंडेललगायतको उपस्थिति रहेको थियो ।

Write your Comment