आज:  २०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024 Search
FLASH NEWS

नवलपुरका ६ पालिकामा देउवा/कोइराला पक्ष विजयी, २ वटामा पौडेल पक्ष

    प्रकाशित २०७८ आश्विन १३, बुधबार (२ साल अघि)


नारायण शर्मा,नवलपुर । पूर्वी नवलपरासीमा स्थानीय तहको परिणाममा कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइराला पक्ष बलियो देखिएको छ । जिल्लाका ८ वटा पालिकामध्ये ६ वटामा देउवा/कोइराला प्यानलले बहुमत पाएको छ भने २ वटा पालिकामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले जितेको छ ।

कांग्रेस निर्वाचनको बुधबार सार्वजनिक मत परिणामअनुसार गैंडाकोट नगरपालिका, मध्यविन्दु नगरपालिका, विनयी त्रिवेणी, बौदीकाली, बुलिंटार र हुप्सेकोट गाउँपालिकामा संयुक्त प्यानलका उम्मेदवारले जितेका छन् । कावासोती र देवचुली नगरपालिकामा पौडेल पक्षधरले विजय प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । गैंडाकोट सभापतिमा बद्री सापकोटा, बुलिंटारमा ओम श्रेष्ठ, बिनयी त्रिवेणीमा अजित थापा, मध्यबिन्दुमा दोमन भण्डारी, हुप्सेकोटमा बलबहादुर राना बिजयी भएका छन् । उनीहरु देउवा(शशांक खेमाबाट संयुक्त प्यानल बनाएर उम्मेदवारी दिएका थिए ।

सदरमुकाम रहेको कावासोती नगरपालिका र देवचुली नगरपालिकामा पौडेल खेमाका उम्मेदवार बिजयी बने । कावासोतीमा शालिकराम ढकाल र देवचुली नगरपालिकामा डिल्लीराम कडरियाको प्यानल बहुमतसहित विजयी भएको छ ।

पहाडी दुर्गम बौदीकाली गाउँपालिकाको कांग्रेस सभापतिमा पत्रकार केबी राना बिजयी भएका छन् । नवनिर्वाचित रानाले आफू कुनै खेमाको नभएको दाबी गरिरहेका छन् ।

Write your Comment