आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

नेपाली काँग्रेस मध्यविन्दु नगर सभापतिमा भण्डारी, प्यानलै विजयी

    प्रकाशित २०७८ आश्विन १३, बुधबार (२ साल अघि)

देवचुली । नेपाली काँग्रेस मध्यविन्दु नगर सभापतिमा पुन: दोमन भण्डारी विजयी भएका छन् । नेपाली कांग्रेसकाे १४ औं महाधिवेशन अन्तर्गत बुधबार सम्पन्न निर्वाचनबाट दोमन भण्डारी ३१ मतले विजयी भएका हुन् ।

भण्डारीले कुल खसेकाे २८९ मत मध्ये १५४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी कुलबहादुर गुरुङले १२३ मत प्राप्त गरे ।

कुल ३०० मतदाता रहेकाे मध्यविन्दुमा करिब २८९ मत खसेकाे थियाे । सभापति सहित कार्यसमितिमा सबै भण्डारी प्यानल नै विजयी भएको छ ।

सभापतिमा विजयी भएका भण्डारी कांग्रेस नेता बिष्णुकुमार कार्की निटकका मानिन्छन भने सभापति पदका प्रत्यासी कुलबहादुर गुरुङ नेता महेन्द्रध्वज जिसी निकट मानिन्छन्।

अहिले मतगणनाको काम सकीयको छ । जसको ताजा परिणाम यस प्रकार रहेको छ ।

सभापति
दोमन बहादुर भण्डारी :- १५४ ( विजयी )
कुलबहादुर गुरुङ :- १२३

उप–सभापति
भण्डारी प्यानलबाटः
जित ब. थापा :- १४९ (विजयी)
पर्सुराम महतो :- १८० (विजयी)

गुरुङ प्यानलबाटः
योग माया महतो:- १०८
हिराध्वज कुमाल :- ८४

सचिव
भण्डारी प्यानलबाटः
हरि प्र. बस्ताकाेटी:-२५९ (विजयी)
तिलक न्यौपाने:-१५० (विजयी)

गुरुङ प्यानलबाटः
कृष्ण भन्डारी:- ९२
रामचन्द्र थापा “बिशाल” :- १४२

सह-सचिव
भण्डारी प्यानलबाट:
बिफला थारु : १६१ (विजयी)
टक बहादुर ढेगा : १६९ (विजयी)

गुरुङ प्यानल:
राम प्र. ढकाल : १०५
केबल प्र. नेपाल “सुनिल” : ९९

Write your Comment