आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

नेपाली काँग्रेस १४ औं महाधिवेशन : देवचुली नगर अधिवेशनको अपडेट

    प्रकाशित २०७८ आश्विन ११, सोमबार (२ साल अघि)


देवचुली । देवचुली नगरपालिकामा नेपाली काँग्रेस १४औं महाधिवेशनका लागि हुन गइ रहेको नगर अधिवेशन आजबाट सुरु भएको छ ।

देवचुली नगरका निर्वाचन अधिकृत सुवास भुषालका अनुसार आज बिहान ८ बजे मतदाता नामावली प्रकाशन, ९ बजेबाट २ बजेसम्म मनोनयन दर्ता, ५ बजेसम्म उम्मेदवारी फिर्ता गर्न सकिने जनाइएको छ । अधिकृत भुषालका अनुसार सहमति हुन नसकेमा भोलि १२ गते बिहान ९ बजेदेखी २ बजेसम्म दलदले साहारा पार्टी प्यालेसमा निर्वाचन हुने जानकारी दिनुभयो ।
देवचुली नगरपालिका मा कुल ३०५ जना क्षेत्रिय प्रतिनिधि रहेको उहाँले बताउनुभयो । देवचुलीमा २ ओटा फरक प्यानलनै गराएर प्रचार प्रसारमा लागेकोले सहमती भन्दा पनि चुनाव नै हुने सम्भावना रहेको छ ।

Write your Comment