आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024 Search
FLASH NEWS

गैंडाकोटमा बद्री सापकोटा प्यानलद्धारा उम्मेदवारी घोषणा

    प्रकाशित २०७८ आश्विन १०, आईतबार (२ साल अघि)


गैँडाकोट । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गैँडाकोट नगरपालिकामा बद्री सापकोटा प्यानलले आफ्नो टिमको घोषणा गरेको छ । होटल द नारायणीमा नगरसभापतिका दावेदार मध्येका एक खगराज सापकोटा र नेपाली काँग्रेस गैँडाकोटका विभिन्न वडाका १० जना वडा सभापतिहरुलाई साक्षी राखेर बद्री सापकोटा प्यानलले आफ्नो टिमको घोषणा गरेको हो ।
नगरसभापति बद्री सापकोटाको प्यानलमा उपसभापतिमा राजेश कुमार श्रेष्ठ र रोशनभक्त अधिकारी रहनु भएको छ । त्यसैगरी सचिवमा गोविन्द घिमिरे र कृष्णमुरारी खनाल रहनु भएको छ । त्यसैगरी नगर समितिको सहसचिवमा बद्री सापकोटा प्यानलले रत्न बहादुर बोहरा र बुद्धी प्रसाद न्यूरेलाई राखेको छ ।
बद्री सापकोटा प्यानलबाट उपसभापतिमा उठेका श्रेष्ठ र अधिकारी तथा सचिवमा उठेका घिमिरेले हिजो मात्रै खेमराज सापकोटा प्यानलमा आफुहरु नहरेको भन्दै विज्ञप्ती जारी गर्नुभएकाे थियाे ।
प्यानल घोषणा कार्यक्रममा बोल्दै नगरसभापति पदका दाबेदार मध्येका एक नेता खगराज सापकोटाले आफुले बद्री सापकोटालाई सर्मथन गर्दै उमेदवारी नदिने निश्कर्षमा पुगेको बताउनुुभयो । आफुले चुनावमा नउठ्ने घोषणा गर्दै बद्री सापकोटालाई समर्थन गरेपछि अन्य सभापतिका आकांक्षीहरुले पनि नैतिक रुपमा बाध्य भएर सर्मथन गर्नुपर्ने बताउनुभयो ।
प्यानल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सभापति पदका उम्मेदवार बद्री सापकोटाले नेपाली काँग्रेसलाई बलियो बनाउन आफ्नो टिम लागि पर्ने बताउनुुभयो । आफ्नो नेतृत्वको टिमले पार्टिलाई पाँच बर्षमा बलियो बनाउने भन्दै सबै कार्यकर्ताको भावनालाई सम्बोधन गर्ने बताउनुभयो । वडा सभापतिको उपस्थितिले आफुहरु थप उत्साहित भएको भन्दै उहाँले अझैपनि सहमतिको लागि आफुुहरु तयार रहेको बताउनुभयो ।
सभापति पदका अर्का आकांक्षी दाताराम घिमिरे र नेता नरहरी सापकोटा समेतले आफुलाई सर्मथन गरेको र भोलीको मनोनयनमा उम्मेदवारी नदिने वचन दिएको उहाँको भनाई थियो ।

Write your Comment