आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

किरियापुत्रीद्वारा नगर सभापतिमा उम्मेदवारी घोषणा

    प्रकाशित २०७८ आश्विन ९, शनिबार (२ साल अघि)


कावासोती । नेपाली काङ्ग्रेसको कावासोती नगरपालिकाको सभापति पदमा आमाको शोकमा किरिया बसेका किरियापुत्री कावासोती–३ का वडा अध्यक्ष अमृतकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।
शनिबार वीपी स्मृति भवन कावासोतीमा औपचारिक समारोह आयोजना गरेर श्रेष्ठले आफ्नो नेतृत्वमा पदाधिकारीको प्यानल घोषणा गरेका हुन ।
शनिबार घोषणा गरिएको प्यानलको सभापतिमा अमृत कुमार श्रेष्ठ, उपसभापतिमा जित बहादुर महतो र मुक्ति थापा पुलामी, सचिवमा लेखनाथ दवाडी र हरिवंश सुवेदी, सहसचिवमा पुष्पादेवी गुरौ र भिम बहादुर अधिकारी रहेका छन् । जिल्लामा महामन्त्री डाक्टर शशांक कोइराला निकट समूहमा रहेर श्रेष्ठले प्यानल सहितको उम्मेदवारी घोषणा गरेका हुन ।

यस अघि जिल्लाका काङ्ग्रेस नेता महेन्द्रध्वज जिसिको निकट रहेका शालिकराम ढकालले प्यानल सहित उम्मेदवारी घोषणा गरेका थिए ।

Write your Comment