आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा कडरियाको नेतृत्वमा उम्मेदवारी घोषणा

    प्रकाशित २०७८ आश्विन ८, शुक्रबार (२ साल अघि)


देवचुली । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनको देवचुली नगर कार्यसमितिको अधिवेशनका लागि डिल्लीराम कडरियाको नेतृत्वमा पदाधिकारी सहितको प्यानल बनाएर उम्मेदवारी घोषणा गरिएको छ ।
शुक्रबार दलदलेमा एक कार्यक्रमको आयोजना गरि कडरियाको नेतृत्वमा पदाधिकारीको प्यानल बनाएर उम्मेदवारी घोषणा गरिएको हो । प्यानलको उप–सभापतिमा भोजेन्द्र बहादुर रायमाझी क्षेत्री र पुरुषोत्तम गैरे, सचिवमा देवेन्द्र भट्टराई र सुन्दर पाण्डे ,सह–सचिवमा तनुजा महतो चौधरी र फटबहादुर सुनार (शंकर) रहेका छन् ।

सभापति पदका उम्मेदवार कडरियाले देवचुली नगरपालिकालाई काँग्रेसमय पालिका बनाउने, गुटबन्दीको अन्त्य गरी पार्टीलाई एक ढिक्का बनाई अगाडी लैजाने उद्धेश्यले नगर सभापतिमा उम्मेदवारी दिएको बताउनुभएको छ । उहाँले आफु कुनै गुटको नभई नेपाली काँग्रेसको साझा उम्मेदवार रहेको समेत जानकारी गराउनुभएको छ ।
नेपाली काङ्ग्रेस नगर अधिवेशन असोज ९ गते हुने भनिएता पनि १० वा ११ गते हुनसक्ने नेपाली काँग्रेस स्रोतले बताएको छ ।

Write your Comment