आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

रेविज रोग सम्बन्धि साताव्यापी सचेतना कार्यक्रम देवचुलीबाट सुरु

    प्रकाशित २०७८ आश्विन ७, बिहिबार (२ साल अघि)

राजु चापागाई,नवलपुर । देवचुलीमा रेविज रोग सम्बन्धि साताव्यापी सचेतना कार्यक्रम सुरु गरिएको छ । “रेबिज तथ्यलाई बुझ्न सके राम्ररी, हट्छ डर,त्रास सधैं भरी” भन्ने नाराका साथ नेपाल पारा भेटेरिनरी एण्ड लाइभष्टक एशोसिएसन ( नेभ्ला) नवलपुर जिल्ला समिती र देवचुली नगर समितिको संयुक्त आयोजनामा विश्व रेविज दिवशको अवसरमा देवचुली नगरपालिकाको देवचुली मा वि रजहरमा रेविज सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो ।
सडक भुस्याहा कुकुरहरू र बौलाहा कुकुरहरूको संख्या वृद्धि हुँदा मानिसहरु तथा जनावरहरुलाई टोक्ने र रेविज रोग फैलन सक्ने भएकाले सो बाट बच्नका लागि सचेतना कार्यक्रम गरिएको नेभ्ला नवलपुरका अध्यक्ष सत्यनारायण भुसालले बताउनुभयो । देवचुली नगरपालिकामा नेभ्ला जिल्ला कमिटी र देवचुली नगर कमिटिले माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई रेविज रोग सम्बन्धि सचेतना कार्यक्रम गर्ने साथै नवलपुरका अन्य स्थानीय तहका माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई समेत कार्यक्रम गरिने भुसालले बताउनुभयो ।उहाँका अनुसार नेभ्लाद्वारा कुकुरहरुलाई छिट्टै नि:शुल्क रेविज विरुद्धको भ्याक्सिन लगाउने कार्यक्रम समेत रहेको छ ।
नेभ्ला नवलपुरका अध्यक्ष सत्यनारायण भुसालले विद्यार्थीहरुलाई सहजीकरण गर्नुभएको थियो ।  कार्यक्रममा देवचुली मा. वि. व्यवस्थापन समितिका अध्यक्ष सुर्य न्यौपाने, जनज्योति मा. वि. व्यवस्थापन समितिका अध्यक्ष श्याम शर्मा भुसाल , पृथ्वी मा वि व्यवस्थापन समितिका अध्यक्ष बिरबहादुर घर्ति , देवचुलि मा. वि.का प्रधानाध्यापक नारायण भन्डारी, देवचुली कलेजका प्रमुख राजन गौतम उपस्थिति रहेको थियो।सो कार्यक्रमको संचालन नेभ्ला देवचुली नगर अध्यक्ष बसन्त घर्तिले गर्नुभएको थियो ।

Write your Comment