आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

नवलपुरकी किशोरी अभियन्ता रेजिना कोभिड हिरोजबाट सम्मानित

    प्रकाशित २०७८ आश्विन ६, बुधबार (२ साल अघि)


नवलपुर । नवलपुरका १७ वर्षिय किशोरी रेजिना घर्ती मगर ‘कोभिड हिरोज्’ बाट सम्मानित भएकी छन् । कोरोना महामारीमा कोभिड नियन्त्रण तथा व्यवस्थापनमा बालबालिकाहरुको तर्फबाट महत्त्वपूर्ण योगदान गरेको भन्दै कन्सोर्टियम नेपालले कोभिड हिरोजबाट सम्मानित गरेको हो ।
घर्तीले कोरोना महामारीमा बालबालिकाहरुलाई कोभिड संक्रमणबाट बच्न र रोकथाम नियन्त्रण गर्न विभिन्न सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेकी थिईन । उनले बालअधिकार सम्बन्धी जनचेतना कार्यक्रम, मानसिक रूपमा कसरी व्यस्त राख्न सकिन्छ, घरमा नै बसेर कसरी आफ्नो कामसहित अन्य कार्यक्रमहरुमा सहभागी हुन सकिन्छ एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भई नेपालको बालबालिका र किशोरी सशक्तिकरण लगायत थुप्रै काम गर्दै आईरहेकी छन् ।उनी नवलपुरमा देवचुली माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छन् साथै जागृति बाल क्लव नेपालको उपाध्यक्ष नगर बाल सञ्जाल देवचुलीको सदस्य हुन्।

बिजेता किशोरी रेजिना घर्ती मगरले यो सम्मानले अझै जिम्मेवार पूर्वक सचेतना र अन्य अभियानहरु सञ्चालन गर्नको लागि हौसला मिलेको बताएकी छन् । कोरोना महामारीको बेलामा धेरै हिंसा, जोखिम र अन्य समस्याहरुले बालबालिकाहरु र विशेष गरी किशोरीहरुलाई समस्या पर्ने देखिएकोले सोही अनुसार विभिन्न अभियानमा सरिक हुने र कार्यक्रमहरुमा आफूले जानेको विषय र नयाँ विषय सिक्नको लागि समय व्यतित गरेको उहाँले बताउनुभयो ।

कन्सोर्टियम नेपालले राष्ट्रिय बाल दिवस २०७८ को अवसरमा बालबालिकाले कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापनमा योगदान पुर्‍याएको योगदानको कदर गर्दै देशभरका ८ जना बालबालिकालाई कोभिड हिरोज् बाट सम्मानित गरेको छ । रेजिना घर्ती मगर गण्डकीबाट सम्मानित हुने व्यक्ती हुन् ।

Write your Comment