आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली ४ का बेपत्ता बालक खोजी गरिदिन परिवारको आग्रह

    प्रकाशित २०७८ आश्विन ५, मंगलबार (२ साल अघि)


देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं ४ झाँक्रेका एक बालक विगत एक हप्तादेखि बेपत्ता भएका छन् । स्थानीय श्याम बहादुर नेपालीका छोरा ११ बर्षीय रेम बहादुर नेपाली (सोमई) गत भाद्र २९ गते मंगलबार बिहानदेखि बेपत्ता भएका हुन् ।
मंगलबार बिहान आफ्नो जेठो दाजु तोमसँग एकछिन गाउँ डुलेर आउँछु भन्दै साईकल लिएर गएका रेम (सोमई) बेलुकीसम्म घर नफर्केको सोमईका बुबाले बताउनुभयो ।

सोमईका बुबा र आमा किसानी गर्ने भएकाले बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म खेतबारीमै रहने बताए । सधैजसो उनीहरु मंगलबार पनि खेतमा काम गर्न गएका थिए साँझ खेतबाट घर फर्किदा छोरो घरमा नभएपछि खोजी गर्न थालेको बुबा नेपालीले बताउनुभयो ।
गाउँतिर आफन्त सबैकोमा खोजीयो तर कतै कुनै पत्ता नलागेपछि ईलाका प्रहरी कार्यालय रजहरमा जानकारी गराएको सोमईका बुबाले बताउनुभयो । प्रहरी पनि खोजीकार्यमा लागिरहेको छ ।

बेपत्ता भएका बालकले माथि कोठे शर्ट, तल ट्रयाक र कालो तुना चप्पल लगाएको छन् । भेटाउनु हुने महानुभावहरुले ९८११९२४९८५ मा सम्पर्क गर्न सक्नुहुन्छ ।

Write your Comment