आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

सामाजिक कार्यमा अग्रसर बन्दै नवलपुर मदिरा संघ

    प्रकाशित २०७८ आश्विन १, शुक्रबार (२ साल अघि)


गैंडाकोट । नवलपुर मदिरा तथा प्रोभिजनल व्यवसायी संघले सामाजिक अभियानमा सक्रियता जनाउने भएको छ । ६ महिना अघि स्थापना भएको संघले सामाजिक कार्यमा सक्रियता जनाउने भएको हो । सो अन्तर्गत विजयादशमी लगतैं खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । सोमबार पुर्वी नवलपुरको गैंडाकोटमा बसेको संघको छलफल तथा अन्र्तक्रिया कार्यक्रमका क्रममा संघका अध्यक्ष रेशमलाल चापागाईले संघको आगामी कार्यक्रमबारे सार्वजनिक गर्नुभएको हो । यस क्षेत्रका व्यवसायीको हकहित तथा उनीहरुका अधिकारको पक्षमा पैरवी गर्ने उद्वेश्यले गत वर्ष स्थापना भएको संघले यस अघि कोरोना नियन्त्रण र न्युनिकरणमा योगदान दिने भन्दै कोभिड रोकथाम समितीलाई आर्थिक सहयोग, स्वास्थ्य सामग्री हस्तान्तरणलगायत कार्य गरेको संघका सचिव प्रभात न्यौपानेले जानकारी दिनुभएको छ ।

आफुहरुको व्यवसायिक धर्म सँगसँगै थप सामाजिक उत्तरदायित्व वहन गर्ने अभियान अन्तर्गत आगामी दिनमा रचनात्मक कार्य गर्दै अघि बढ्ने योजना रहेको सचिव न्यौपानेले संचारकर्मी समक्ष बताउनुभएको हो । कार्यक्रममा व्यवसायी जीवन रेग्मीले संस्था स्थापनादेखि हालसम्म सहयोग पुर्‍याउने एक दर्जन कम्पनीलाई आभार प्रकट गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा व्यवसायी मुक्तिनाथ अधिकारीले स्थानिय बजार अवस्था बारेमा जानकारी दिदैं संघको उपसमितिले गरेका कार्यबारेमा बताउनुभएको थियो ।

कार्यक्रममा स्थानीय क्षेत्रमा रहेका विभिन्न ब्राण्डका आधिकारीक वितरक, कम्पनीका बजार प्रतिनिधि, संघमा आवद्ध व्यवसायीलगायत सरोकारवालाको उपस्थिती रहेको थियो ।

Write your Comment