आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

गैंडाकोटको थुम्सीमा ट्रक र बस ठोक्किँदा ३ को मृत्यु

    प्रकाशित २०७८ भाद्र २९, मंगलबार (२ साल अघि)


नवलपुर । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैंडाकोट-१० स्मृतिपुल नजिकै आज बिहान सवारी दुर्घटनामा हुँदा तिन जनाको मृत्यु भएको छ ।
बिहान करिब ४ बजे काकँडभित्ता देखि महेन्द्रनगर तर्फ जादैँ गरेको सु.प्र.-०२-००१ ख ११२३ नं. को बस र विपरित दिशाबाट आउदैँ गरेको ना ६ ख ७१२६ नं. को ट्रक एकआपसमा ठक्कर खादा २ जना महिला र १ जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसी दिलिप कुमार गिरीले जानकारी दिनुभयो । मृतकहरुको परिचय खुल्न बाँकी रहेको गिरीले बताउनुभयो ।
दुर्घटनामा ट्रक चालक र बस चालकसहित २७ जना घाइते भएका थिए । घाइतेको उपचारको लागि चितवन पठाइएकोमा तिनको मृत्यु भएको र ३ जनाको अवस्था गम्भीर रहेको डिएसपी गिरीले बताउनुभयो ।
उहाँको अनुसार घाइतेमध्ये १६ जना मध्यम र ५ जना सामान्य अवस्थामा रहेका छन् । उनीहरुको चितवनको नया मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

Write your Comment