आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नेकपा माओवादी केन्द्र नवलपुरले स्थानीय तहकाे नेतृत्व टुङ्गायाे

    प्रकाशित २०७८ भाद्र २७, आईतबार (२ साल अघि)


नवलपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र नवलपुरले स्थानीय तहकाे नेतृत्व टुङ्गाएकाे छ । केन्द्रीय परिपत्र अनुसार खाली भएका सब‌ै स्थानीय तहमा अध्यक्ष र सचिव ताेक्ने र कार्तिक ६ गते गाउँपालिका र नगरपालिका सम्मेलन गर्ने तालिका छ । नेकपा एमालेसंग पार्टी एकता हुँदा अध्यक्ष र सचिव बाँडेर लिएका थिए तर सर्वाेच्चले दुवै दल यथावत रूपमा फर्काएपछि आफ्नाे सचिव भएकाे ठाउँमा अध्यक्ष खाली र अध्यक्ष भएकाे ठाउँमा सचिव पद खाली रहेकाे थियाे । गत साेमबार ने क पा  माओवादी केन्द्रकाे जिल्ला समन्वय समितिकाे बैठक अगाडि नै सबै टुङ्गाउने भनिए पनि केही स्थानीय तहकाे टुङ्गिएकाे थिएन । अहिले सबै स्थानिय तहकाे अध्यक्ष र सचिवकाे नाम प्रदेशमा प्रस्तावमा पठाईएकाे र केही दिनमा निर्णय भएर आउने नेकपा माओवादी केन्द्र नवलपुरका ईन्चार्ज तथा केन्द्रीय सदस्य किशन शर्माले बताए । प्रस्तावमा पठाईएकाे नामहरूमा गैडाकोट नगरपालिकाकाे अध्यक्षमा युवराज रिमाल र सचिवमा श्यामसुन्दर लामिछाने,देवचुली नगरपालिकाकाे अध्यक्षमा प्रेमा खनाल र सचिवमा प्रितम भुजेल , कावासोती नगरपालिकाकाे अध्यक्षमा रमिला भुजेल र सचिवमा हरि बस्नेत, मध्यबिन्दु नगरपालिकाकाे अध्यक्षमा टिकाराम घर्ती र सचिवमा ईश्वर गैह्रे, विनयी त्रिवेणी गाउँपालिकाकाे अध्यक्षमा कृष्ण पाण्डे र सचिवमा जम्मा पल्लि मगर, हुप्सेकोट गाउँपालिकाकाे अध्यक्षमा चन्द्रबहादुर थापा र सचिवमा नयाँदत्त गौतम, बौदीकाली गाउँपालिकाकाे अध्यक्षमा टङ्क पुलामी र सचिवमा टोपलाल रुचाल, बुलिङ्टार गाउँपालिकाकाे अध्यक्षमा लालबहादुर रेश्मी र सचिवमा यम सारू मगरलाई प्रस्ताव गरिएकाे छ । यसअघि नै अध्यक्ष रहेकालाई अध्यक्ष र सचिवमा रहेकालाई अध्यक्षमा लगि सचिवमा नयाँ व्यक्तिलाई प्रस्ताव गरिएकाे छ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकाे केन्द्रीय परिपत्र अनुसार भाद्र मसान्तसम्म पार्टी सदस्यता नविकरण र नयाँ सदस्यता वितरण, आश्विन १० गते सेल र टाेलकाे भेला , आश्विन २० गते वडा सम्मेलन, कार्तिक ६ गते पालिका सम्मेलन, कार्तिक ७ देखि मंसिर १४ संगठन सुदृढीकरण अभियान, मंसिर १५ गते प्रदेश सम्मेलन र पाैष ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय छ ।

Write your Comment