आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीबाट ५ जना जुवाडे पक्राउ

    प्रकाशित २०७८ भाद्र २२, मंगलबार (२ साल अघि)


देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं १७ बाट जुवातास खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।सोमबार प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १ लाख ५० हजार ८ सय ५० रुपैयाँ नगद सहित ५ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले देवचुली–१७ बस्ने बर्ष ३६ को कमल महत्तो, देवचुली–१६ बस्ने बर्ष ३५ को सन्तोष सिग्देल, ४९ को गोबिन्द थनेत, बर्ष ५८ को हिरा महत्तो र बर्ष ४३ को मणिराम महत्तो रहेका छन् ।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको नवलपुर प्रहरीका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

Write your Comment