आज:  २०८१ माघ ३, बिहिबार | Thu, 16, Jan, 2025 Search
FLASH NEWS

देवचुलीबाट ६ जना जुवाडे पक्राउ

    प्रकाशित २०७८ भाद्र २०, आईतबार (३ साल अघि)


देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं ७ सिताबासबाट जुवातास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार प्रहरीले स्थानीय शंकर न्यौपानेको घरमा जुवातास खेलिरहेको अवस्थामा नगद १६ हजार चार सय ७० रुपैया सहित ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा देवचुली नगरपालिका वडा नं ७ का वर्ष ३२ को होम बहादुर बाचे, सोही स्थान बस्ने वर्ष ३३ को यम बहादुर बि.क., देवचुली वडा नं १२ का वर्ष २६ को हिरा बाचे, सोही स्थान बस्ने वर्ष ४८ को विर बहादुर तामाङ, वर्ष २७ को बिनोद न्यौपाने र वर्ष ३४ को जुद्धराम सुनार रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरुलाई हिरासतमा राखेर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अगाडी बढाएको प्रहरीले बताएको छ ।

Write your Comment