आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024 Search
FLASH NEWS

हुप्सेकोट पहिरो अपडेट : पहिरोमा परि बेपत्ता तीनैजनाको शव फेला

    प्रकाशित २०७८ भाद्र १२, शनिबार (२ साल अघि)


नवलपुर ।पहिरोमा परि शुक्रबार बिहानदेखी वेपत्ता तीन जनाको शव फेला परेको छ । नवलपुरको हुप्सेकोट गाउँपालिका ४ को माथिल्लो चार घरेमा अविरल वर्षाका कारण शुक्रबार बिहान २ बजेको समयमा पहिरोमा परि बेपत्ता तीनै जनाको शव शनिबार दिउसो फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका सूचना अधिकारी मधुसुदन सिंहले बताउनुभयो ।
शुक्रबार दिनभरि सुरक्षाकर्मी सहित स्थानीयले खोजी गर्दा समेत पहिरोमा परेका फेला नपरेपछि आज ५० जना थप सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
पहिरोमा पुरिएका एकै घरका तीन जना बेपत्ता भएका थिए । हुप्सेकोट –४, माथिल्लो चारघरेका हस्त बहादुर पुलामीका श्रीमती ४० वर्षीय धनमाया पुलामी, नातिनीहरू ७ वर्षीय भुमिसरा पुलामी र ६ वर्षीय देउमाया पुलामी राति सुतिरहेको समयमा आएको एक्कासि गएको पहिरोमा परि बेपत्ता भएका थिए । हस्त बहादुर पुलामीको भने घाइते अवस्थामा उद्धार गरिएको थियो ।

Write your Comment