आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा १६८२ जनाले लगाए भेरोसेल खोपको दोस्रो मात्रा

    प्रकाशित २०७८ भाद्र ११, शुक्रबार (२ साल अघि)


राजु चापागाई, देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा पहिलो र दोस्रो दिन गरि १ हजार ६ सय ८२ जनाले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन् । देवचुली नगरपालिकाका ४ वटा स्वास्थ्य संस्थाका खोप केन्द्रमार्फत बिहिबार र शुक्रबार भेरोसेल खोपको दोस्रो मात्रा लगाइएको हो ।
बिहिबार र शुक्रबार दुई दिनसम्म संचालन भएको खोप कार्यक्रममा देवचुली नगरपालिकाको दुम्कौली अस्पतालमा २ सय ५६ महिला र ३ सय पुरुष गरि ५ सय ५६ जना, देवचुली स्वास्थ्य चौकीमा १ सय १८ महिला र १ सय १० पुरुष गरि २ सय २८ जना, प्रगतिनगर स्वास्थ्य चौकीमा २ सय ६० महिला र २ सय ५४ पुरुष गरि ५ सय १४ जना र रजहर स्वास्थ्य चौकीमा २ सय ९ महिला र १ सय ७५ पुरुष गरि ३ सय ८४ जना सहित जम्मा ८४३ महिला र ८३९ पुरुष गरि १ हजार ६ सय ८२ जनाले दोस्रो मात्रा भेरोसेल खोप लगाएका देवचुली नगरपालिकाका सिनियर अहेव अधिकृत शिव पराजुलीले बताए ।
पराजुलीका अनुसार देवचुली नगरपालिकामा देवचुली १ देखि ५ वडाका लक्षित समूहलाई दुम्कौली अस्पताल, देवचुली ६ देखि ९ वडाका लक्षित समूहलाई देवचुली स्वास्थ्य चौकी, देवचुली १० देखि १५ वडाका लक्षित समूहलाई प्रगतिनगर स्वास्थ्य चौकी र देवचुली १६ र १७ वडाका लक्षित समूहलाई रजहर स्वास्थ्य चौकीमा खोप लगाईएको थियो ।
नगरपालिकाले साउन १३ गते अगाडि पहिलो मात्राको खोप लगाएकाहरु र सो भन्दा पहिला पहिलो मात्राको खोप लगाई दोस्रो मात्रा खोप लगाउन बाँकीका लागि खोप लगाएको हो ।
त्यस्तै आईतबार कक्षा १२ का १८ बर्ष माथिका विद्यार्थीहरुलाई कोभिड-१९ विरुद्धको खोप लगाइने देवचुली नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

Write your Comment