आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

गैंडाको आक्रमणबाट एक जना पुरुष गम्भीर घाइते

    प्रकाशित २०७८ भाद्र १०, बिहिबार (२ साल अघि)


नवलपुर । नवलपरासी पूर्व नवलपुरमा गैंडाको आक्रमणबाट एक जना पुरुष गम्भीर घाइते भएका छन् ।
बुधबार दिउँसो स्थानीय गुन्द्रहीका सा.व. नजिकै भैंसी चराउन गएका कावासोति–१५ का ४८ वर्षीय यामनारायण महतो गम्भीर घाइते हुनुभएको हो ।
गैंडाको अक्रमणबाट महतोको कोखो तथा शरीरका विभिन्न भागमा चोट पुगेको प्रहरीले जनाएको छ । गैंडाको अक्रमणपछि घाइते हुनुभएका महतोलाई मध्यविन्दु जिल्ला अस्पताल नवलपुरले प्राथमिक उपचारपछि थप उपचारको लागि भरतपुर जिल्ला अस्पताल चितवन रिफर गरिएको छ ।

Write your Comment