आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

नवलपुरको चालीस किलो जंगलबाट लागुऔषधसहित दुई जना पक्राउ

    प्रकाशित २०७८ भाद्र ७, सोमबार (२ साल अघि)

नवलपुर।नवलपुर प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । आज सोमबार बिहान पुर्वपश्चिम मुख्य मार्ग अन्तर्गत कावासोती १६ चालीस किलो जंगलबाट बसमा सवार दुई जनालाई पक्राउ गरेको हो ।

पश्चिमबाट पुर्व तर्फ आउदै गरेको बा ४ ख ६६७० नम्बरको बसमा सवार कास्की पोखरा महानगरपालिका वडा नं. ९ बस्ने बर्ष २३ को आशिष गुरुङ र सोह ठाउँ बस्ने बर्ष १९ की मेनुका परियारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट डाईजापम ५० एम्पुल, नुफिन ५० एम्पुल, फेनारागन ५० एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ ।

Write your Comment