आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024 Search
FLASH NEWS

नवलपुरमा हतियारसहित एक जना पक्राउ

    प्रकाशित २०७८ भाद्र ३, बिहिबार (२ साल अघि)


नवलपुर । दुम्कीबास प्रहरीले नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु–१० बाट हतियार सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने गोलि, बारुद्ध र पटक सहित मध्यबिन्दु–१० पोखरी ताल बस्ने ४२ वर्षीय दलबहादुर थापालाई बुधबार पक्राउ गरेको हो ।
मध्यबिन्दु–१० को भित्रि सडकमा लु २८ प ५४४५ नम्बरको मोटरसाईकलमा हतियार सहित उत्तरबाट दक्षिण तर्फ आउदै गरेका थापालाई दुम्कीबास प्रहरीले अधेरी खोला भन्ने स्थानबाट पक्राउ गरेको हो । थापाको साथबाट एक थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने १८ थान सिसाको गोलि, ५४ ग्राम बारुद र १६ थान पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका इन्स्पेक्टर मधु सिंले जानकारी दिनुभयो ।

Write your Comment