आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीमा ३२८२ जनाले लगाए भेरोसेल खोपको दोस्रो मात्रा

    प्रकाशित २०७८ भाद्र २, बुधबार (२ साल अघि)


राजु चापागाई, देवचुली ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा पहिलो र दोस्रो दिन गरि ३ हजार २ सय ८२ जनाले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन् । देवचुली नगरपालिकाका ४ वटा स्वास्थ्य संस्थाका खोप केन्द्रमार्फत मंगलबार र बुधबार भेरोसेल खोपको दोस्रो मात्रा लगाइएको हो ।

मंगलबार र बुधबार दुई दिनसम्म संचालन भएको खोप कार्यक्रममा देवचुली नगरपालिकाको दुम्कौली अस्पतालमा ४ सय ९७ महिला र ६ सय ४१ पुरुष गरि १ हजार १ सय ३८ जना, देवचुली स्वास्थ्य चौकीमा २ सय ५५ महिला र २ सय ९९ पुरुष गरि ५ सय ५४ जना, प्रगतिनगर स्वास्थ्य चौकीमा ४ सय ७२ महिला र ५ सय १२ पुरुष गरि ९ सय ८४ जना र रजहर स्वास्थ्य चौकीमा ३ सय ९ महिला र २ सय ९७ पुरुष गरि ६ सय ६ जना सहित जम्मा १५३३ महिला र १७४९ पुरुष गरि ३ हजार २ सय ८२ जनाले दोस्रो मात्रा भेरोसेल खोप लगाएका देवचुली नगरपालिकाका सिनियर अहेव अधिकृत शिव पराजुलीले बताए ।

पराजुलीका अनुसार देवचुली नगरपालिकामा देवचुली १ देखि ५ वडाका लक्षित समूहलाई दुम्कौली अस्पताल, देवचुली ६ देखि ९ वडाका लक्षित समूहलाई देवचुली स्वास्थ्य चौकी, देवचुली १० देखि १५ वडाका लक्षित समूहलाई प्रगतिनगर स्वास्थ्य चौकी र देवचुली १६ र १७ वडाका लक्षित समूहलाई रजहर स्वास्थ्य चौकीमा खोप लगाईएको थियो ।
नगरपालिकाले यसपटक ५५ वर्ष भन्दा माथिका, विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारीहरु, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु ,व्यवसायीहरु र सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालकलाई खोप लगाएको हो ।
त्यस्तै बिहिबार चौधरी उद्योगमा काम गर्ने ५०० जना मजदुरहरु,देवचुली उद्योग वाणिज्य संघमा आबद्ध ५०० जना व्यवसायीहरु र विश्वविद्यालय स्तरमा विभिन्न परीक्षामा समावेश हुने विद्यार्थीहरुलाई प्रवेश पत्रका आधारमा कोभिड-१९ विरुद्धको खोप लगाइने देवचुली नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

Write your Comment