आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

देवचुली ११ को वडा कार्यालय उद्घाटन

    प्रकाशित २०७८ श्रावण २९, शुक्रबार (२ साल अघि)


कृशला सापकोटा, देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं ११ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । वडा भवनको गत बर्ष उद्घाटन गर्ने भनिए तापनि कोरोना भाईरसका कारणले उद्घाटन गर्न नसकेपछि प्रशासनिक सेवा गत भदौ १ गतेदेखि प्रदान गरिदै आएको थियो ।
देवचुली नगरपालिका वडा नं ११ का वडाध्यक्ष रमेश बहादुर ठाडा मगरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगरप्रमुख पूर्णकुमार श्रेष्ठले वडा कार्यालयको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै श्रेष्ठले जनप्रतिनिधि भनेका वडाबासीका सुख दुःखका साथी भएकाले आँफूहरु सधैं वडावासीको हकहितका लागि काम गर्ने बताए ।यस्तै नगर उपप्रमुख पार्वता तिवारीले अब वडा–वडामा वडा कार्यालय हुँदा वडावासीलाई सहज हुने र टाढा जाने बाध्यताको अन्त्य हुने बताईन् । देवचुली नगरपालिका सुन्दर नगरपालिका रहेको बताउँदै यसलाई अझै सुन्दर बनाउन आँफू लगायत सम्पूर्ण जनप्रतिनिधि आ–आफ्नो क्षेत्रबाट लागि परेको तिवारीले बताईन् ।
कार्यक्रममा वडा कार्यालय निर्माणमा योगदान गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।देवचुलीमा अहिलेसम्म १४ वडा कार्यालय आफ्नै भवनमा स्थानान्तरण भएका छन् । बाँकी कार्यालय पनि यसै बर्ष निर्माण हुने बताइएको छ ।

Write your Comment