आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

कावासोतीमा धमाधम बन्दै वडा कार्यालय

    प्रकाशित २०७८ श्रावण २७, बुधबार (२ साल अघि)


ज्ञानु पंगेनी,कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले धमाधम वडा कार्यालय निर्माण गरेको छ ।
नगरपालिकामा १७ वटा वडा छन् । जसमध्ये केही साविककै गाविस भवनमा सञ्चालन छन् । भने , केही भाडामा छन् । केही सामुदायिक भवनमा सञ्चालन छन् । स्थानीय सरकार स्थापना पछि कावासोती नगरपालिकाको ४ वटा वडा कार्यालय मात्रै आफ्नै भवनबाट सञ्चालनमा थिए । त्यसबाहेकका १३ वटा वडा सबै भाडामा सञ्चालन थिए । कावासोती नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत रमेश घर्तीका अनुसार अहिले ७ वटा वडा मात्रै भाडामा छन् । त्यसमा पनि वडा नं. ४ र ७ को भवन सम्पन्न भईसकेको छ । कार्यालय सार्न मात्रै बाँकी छ । वडा नं ५ र ८ को कार्यालय केही दिनअघि मात्रै उद्घाटन गरेर आफ्नै कार्यालयबाट सेवा सुरु गरेका छन् । वडा नं. ९ , १५ को गत वर्ष निर्माण सम्पन्न भएर काम सुरु गरेको थियो ।
वडा नं. १ र १६ को कार्यालयले भाडा तिर्दैनन् । यी वडा सामुदायिक भवनबाट सञ्चालन गरिएको छ । अहिले वडा नं. १, ३ र ११ को वडा कार्यालय भवन निर्माणको क्रममा रहेको छ । यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरेर आफ्नै कार्यालयबाट सेवा दिने लक्ष्य अनुसार काम भएको उहाँको भनाई छ । कावासोती नगरपालिकाका आर्किटेक ईन्जीनियर पवन रुपाखेतीका अनुसार वडा नं २ , ६ , १३ र १६ नं को कार्यालय यस वर्ष ठेक्कामा दिने तयारी गरिएको छ । १० , १२ , १४ र १७ नं. वडा कार्यालय भने , साविकको गाविस हुँदाकै कार्यालमा छन् ।
कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनीया थारुले जनताले आफुलाई पायक पर्ने ठाउँबाट सेवा पाउनुपर्छ भनि आफ्नै भवन नभएका वडाहरुको भवन निर्माणलाई प्राथमिकतामा राखेको बताउनुभयो । आफुहरुको पाँच वर्षे कार्यकालमा सबै वडाको कार्यालय भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको र सोही अनुसार बजेट बिनियोजन गरेर भवन निर्माणलाई तिब्रता दिएको मर्दनीयाले बताउनुभयो । निर्माण गरिएका वडा कार्यालय भवन वडाका सबै बासिन्दालाई पायक पर्ने स्नानमा रहेको हुँदा नागरिकलाई सेवा लिन सहज भएको मर्दनीयाको भनाई छ । कार्यालय भवन भाडामा हुँदा लाखौँ रकम भाडामा जाने नागरिक मैत्री नहुने , पायक पर्ने ठाउँमा नहुँदा सेवा प्रवाहमा समेत असर गरेकाले सबै वडाका बासिन्दाले सहज रुपमा सेवा पाउन भन्ने उदेश्यले कार्यालय भवन निर्माणको कामलाई तिब्र पारेको उहाँले बताउनुभयो ।
कावासोती नगरपालिकाको प्रशाशनिक भवन समेत उद्घाटन गर्ने तयारीमा रहेको छ । यहि साउन २९ गते भवन उद्घाटन गरिदै छ । कावासोती नगरपालिकाले अत्याधुनिक सुविधा सम्पन्न प्रशाशनिक भवन निर्माण गरेको छ । भुमिगत एक तला सहित तीन तले आधुनिक भवन निर्माण गरिएको छ । करीब १३ करोड रुपियाँ लागतमा भवन निर्माण भएको हो । व्यापारिक प्रयोजनका लागि दुईवटा तला भाडामा दिने, भुमिगत एक तलालाई पार्कि¨का रुपमा प्रयोग गर्ने र बाँकी ३ तला नगरपालिकाको कार्यालय र नगरपालिकाभित्र रहेका विषयगत कार्यालयहरू रहने गरी ६ तले भवन डिजाइन गरिएको भए पनि आर्थिक अभावका कारण अहिले तीन तला मात्र बनाईएको आर्किटेक ईन्जिनियर रुपाखेतीले जानकारी दिनुभयो ।

Write your Comment