आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024 Search
FLASH NEWS

नेपाली मुलकी अस्मिता टोटेनहममा अनुबन्धित

    प्रकाशित २०७८ श्रावण २३, शनिबार (२ साल अघि)


एजेन्सी – नेपाली मुलकी अस्मिता आले मगर इंग्लिस क्लब टोटेनहम हटस्परमा अनुबन्धित भएकी छिन् । टोटेनहमले १९ वर्षीय डिफेन्डर अस्मितालाई शुक्रबार एस्टन भिल्लाबाट दुई वर्षको लागि अनुबन्ध गरेको जनाएको छ ।

उनले टोटेनहममा १३ नम्वरको जर्सी लगाउनेछन् । अस्मिता गत सिजन एस्टन भिल्लाको उत्कृष्ट खेलाडी घोषित हुँदै ‘प्लेयर अफ द सिजन’ चुनिएकी हुन् । अस्मिताले गत सिजनको वुमन्स सुपर लिगमा १८ खेल खेलेकी थिइन् ।

इंग्ल्यान्डको यू–१९ टिमकी सदस्य समेत रहेकी अस्मिताले एस्टन भिल्लाको उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेपछि क्लबले व्यवसायिक सम्झौता गरेपछि २०१८ मा एस्टनको सिनियर टिममा डेब्यु गरेकी थिइन् ।

अस्मिताले २०१७-१८ को सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै क्लबका खेलाडी, व्यवस्थापन र समर्थकलाई प्रभावित पारेकी थिइन् ।अस्मिता ८ वर्षको उमेरमा क्लबको एकेडेमीमा आबद्ध भएकी थिइन् ।

‘म स्पर्समा सामेल हुन पाउँदा धेरै उत्साहित छु । क्लबको उत्कृष्ट प्रतिष्ठा र महत्वाकाङ्क्षा छ कि रेहाने (स्निर), स्टाफ र खेलाडीहरुबीच म एउटा हिस्सा बन्न चाहान्छु ।’ स्पर्समा आबद्ध भएपछि अस्मिताले भनिन्, ‘रेहानेसँग धेरै सिक्न तत्पर छु । म सुरु गर्नको लागि पर्खन सक्दिन । आशा छ कि टिमलाई यो सिजन अझै राम्रो गर्न मद्दत गर्न सक्छु ।’

लामो समयदेखि इंग्ल्याण्डमा बसोबास गर्दै आइरहेकी अस्मिताका बुवा अमृत आले पूर्व गोरखा सैनिक हुन् । तनहुँका अमृत स्क्वासको राष्ट्रिय खेलाडी हुन् । अमृत आठौं दक्षिण एसियाली खेलकुद (साग) टिमको बन्द प्रशिक्षण पनि रहेका थिए ।

Write your Comment