आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

पूर्वकप्तान पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

    प्रकाशित २०७८ श्रावण १९, मंगलबार (२ साल अघि)


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

नेपाली क्रीकेटमा सबैभन्दा सफल कप्तानका रूपमा पारस खड्कालाई लिइने गरिन्छ । सन् २००२ देखि नेपाली राष्ट्रिय टोलीका लागि खेल्दै आएका खड्काले २ दशकपछि आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअर अन्त्यको घोषणा गरेका हुन् ।

सन्यासको घोषणा गर्दै खड्काले लेखेका छन् ‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरा सपना भने अझै बामे सर्दैछन् ।’ खड्काको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले डिभिजन ५ बाट अगाडि बढ्दै २०१४ मा टि–२० विश्वकप खेलेको थियो ।

आफुले सधैं नेपाली क्रीकेटको उज्ज्वल भविष्य चाहेको र त्यसैमा आफ्नो सम्पुर्ण शक्ति दुई दशक खर्च गरेको भन्दै पुनः सबैको साथ र सहयोगमा मात्रै नेपाली क्रीकेटको भविष्य रहेको बताएका छन् ।

पारसले फेसबुक मार्फत सन्यासको घोषण गर्दै यस्तो लेखेको छन् :

Write your Comment