आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

नवलपुरमा नगदसहित जुवाडेलाई नियन्त्रणमा

    प्रकाशित २०७८ श्रावण १७, आईतबार (२ साल अघि)


नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरले नगद सोह्र हजार छ सय पाँच रुपैया सहित ४ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।
शनिवार दिउसो कावासोती न.पा.–५ बस्ने पुर्ण बहादुर रावलको कुखुराको खोरमा जुवातास खेलिरहेको बेला एक बुक ताससहित कावासोती न.पा.–५ बस्ने वर्ष ६० को पुर्ण बहादुर रावल, वर्ष ४० को मित्र प्रसाद भुसाल, वर्ष ३६ को अर्जुन खड्का, वर्ष ४२ को मोहन अधिकारीलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

Write your Comment