आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

नवलपुर प्रहरीद्धारा एकैदिन १५ जुवाडे पक्राउ

    प्रकाशित २०७८ श्रावण १३, बुधबार (२ साल अघि)


दीपक शर्मा, नवलपुर । नवलपुर प्रहरीद्धारा कावासोती र विनयी त्रिवेणीका ३ फरक फरक स्थानबाट १५ जुवाडेहरुलाई पक्राउ गरेको छ ।
कावासोती वडा नं १७ को फरक फरक २ स्थानबाट बाट १२ जना र विनयी त्रिवेणी गाँउपालिका १ बाट ३ जना जुवाडेहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरमा नेतृत्व सम्हाल्न आउनुभएका एसपी प्रकाश मल्लले सुरुवाती चरणबाट नै जुवातास रोक्नको लागि ठुलो मात्रामा जुवाडेहरु पक्राउ गर्ने अभियान संचालन गर्नुभएको छ ।
पक्राउ परेका जुवाडेहरुमा कावासोती १७ का बर्ष ६३ को खड्क बहादुर कामी, बर्ष ६४ को नवलसिंह सार्की, बर्ष ३८ को बाबुराम बि.क, बर्ष ५२ को धन बहादुर सुनार, बर्ष ५२ को नरपती अधिकारी रहेको र निजहरुबाट नगद रु १३,०९५ र १ बुक तास समातिएको छ । उनीहरु बाबुराम बि.क. को घरमा हार जित हुने गरी जुवातास खेलि रहेको अवस्थामा समातेको प्रहरीले जनाएको छ ।

त्यस्तै कावासोती नगरपालिका वडा नं. १७ ध्रुब ढकालको कुखुराको फर्ममा जुवातास खेलि रहेको अवस्थामा नगद रू २२,७१० र ३ बुक तास सहित सोही स्थान बस्ने व्यक्तीहरु पक्राउ गरीएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा बर्ष ३५ को टिकाराम लामिछाने मगर, बर्ष ३९ को खुम बहादुर घले, बर्ष ३९ को गोबिन्द थनेत, बर्ष ३४ को पुरन रजाली मगर, बर्ष ३० को हुम बहादुर महतो, बर्ष ३८ को मोतिराम धामी, बर्ष ३६ को दान बहादुर राना मगर रहेका छन् ।

त्यस्तै विनयी त्रिवेणी वडा नं १ स्थित यम बहादुर बयम्बुको घरमा नगद रू ११,९९० र ३ बुक तास सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिनयी त्रिवेणी वडा नं १ बस्ने बर्ष ४४ को यम बहादुर बयम्बु, बर्ष ३८ को देबिलाल बि.क, बर्ष ३७ को तारा बहादुर राहु मगर रहेका छन् ।
उनीहरु सवैलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईने प्रहरीले जनाएको छ ।

Write your Comment