आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरीले गरे राजीनामाको घोषणा

    प्रकाशित २०७८ श्रावण १०, आईतबार (२ साल अघि)


काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने घोषणा गरेका छन् ।प्रशिक्षक अलमुताइरीले सामाजिक संजाल फेसबुकबाट आफूले राजीनामा दिने बताएका हुन् ।

अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिन लागेको उल्लेख गरेका छन् । पछिल्लो ३ साता यता नेम्वाङले आफूसँग नाटक गरिरहेको भन्दै मुख्य प्रशिक्षक अलमुताइरीले गुनासो व्यक्त गरेका छन् ।

गत चैतमा उनी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।

Write your Comment