आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024 Search
FLASH NEWS

देवचुली कांग्रेस नगर सचिवमा गैह्रेको उम्मेदवारी घोषणा

    प्रकाशित २०७८ श्रावण ८, शुक्रबार (२ साल अघि)


राजु चापागाई, देवचुली । नेपाली कांग्रेसको १४औं महाअधिवेशन जति जति नजिकिँदै छ, त्यति नेताहरुबीच नेतृत्व हत्याउने रणनीति तयारी हुँदै गईरहेको समयमा पुरुषोत्तम गैह्रेले देवचुली नगर सचिवमा उम्मेदवारी दिने भएका छन् ।

नेपाली काङ्ग्रेस देवचुली नगरको भावी नेतृत्वका लागि युवा व्यावसायी तथा नगर समिति सदस्य गैह्रेले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । देवचुली -३ निवासी गैह्रे अमर सामुदायिक वनको व्यवस्थापक समेत हुन् । लुम्बिनी कलेज ईकाई सभापति ,ने वि संघ जिल्ला सदस्य, देवचुली उच्च माध्यमिक विद्यालय ईकाई सभापति, साविक दिव्यपुरी नेपाली कांग्रेस पार्टी सचिव
लगायतका पार्टी संगठनमा काम गरिसकेका गैह्रे युवा समाजसेवीका रुपमा समेत परिचित छन् ।

विद्यार्थी राजनीतिबाट उदाएर आफ्नो उर्जाशील जीवन नेपाली काङ्ग्रेसको संगठनमा सर्मपित गरेका गैह्रेले नगरमा शालिन, भद्र र बौद्धिक युवा नेताका रुपमा पहिचान बनाएका व्यक्ति हुन ।

नेपाली काँग्रेसमा युवाहरुको नेतृत्व न्यून रहेको अवस्थामा युवाहरुलाई उर्जावान शक्ति दिलाउनका निमित युवाको नेतृत्व खाँचो भएकोले हरेक ५ वर्षमा महाधिवेशन आउने र अहिलेको महाधिवेशनमार्फत देशव्यापी रूपमा युवाहरुलाई नेतृत्वमा लानुपर्छ भन्ने अभियानमा क्रियाशिल रहेको बताउँदै पार्टीभित्र देखिएका गुटबन्दी अन्त्य गर्दै जनताका आवाजलाई महाधिवेशनमार्फत संस्थागत गर्ने र विचारको राजनीति यो महाधिवेशनले प्रवर्द्धन गर्नुपर्ने गैह्रेले बताए ।

राजनीतिक रुपमा चलायमान गर्नका लागि युवाहरुको नेतृत्व अत्यन्तै महत्वपुर्ण रहेकोले नगर सचिवको नेतृत्वमा जाने निर्णय गरेको बताए ।

Write your Comment