आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

नेपाली कांग्रेस देवचुली १० वडा सभापतिमा काफ्लेको उम्मेदवारी घोषणा

    प्रकाशित २०७८ श्रावण ७, बिहिबार (२ साल अघि)


देवचुली । नेपाली कांग्रेसको १४औं महाअधिवेशन जति जति नजिकिँदै छ, त्यति नेताहरुबीच नेतृत्व हत्याउने रणनीति तयारी हुँदै गईरहेको समयमा संजय काफ्ले(ढुन्डिराज) ले देवचुली नगर वडा १० को सभापतिमा उम्मेदवारी दिने भएका छन् ।

नेपाली काङ्ग्रेस देवचुली नगरको भावी नेतृत्वका लागि शिद्देश्वर शिवालय मन्दिर निर्माण समितिका अध्यक्ष समेत रहेका काफ्लेले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । साविक शिवमन्दिर वडा ४ का वडा सभापती हुँदै नेपाली काङ्ग्रेसका विभिन्न भातृ संगठन जनसंपर्क समिती, विद्यार्थी सङ्घ, नेपाल तरुणदल लगायतका संगठनमा काम गरिसकेका काफले युवा समाजसेवीका रुपमा समेत परिचित छन् ।

विद्यार्थी राजनीतिबाट उदाएर आफ्नो उर्जाशील जीवन नेपाली काङ्ग्रेसको संगठनमा सर्मपित गरेका काफ्लेले जिल्लामा शालिन, भद्र र बौद्धिक युवा नेताका रुपमा पहिचान बनाएका व्यक्ति हुन् ।

हरेक ५ वर्षमा महाधिवेशन आउने र अहिलेको महाधिवेशनमार्फत देशव्यापी रूपमा युवाहरुलाई नेतृत्वमा लानुपर्छ भन्ने अभियानमा क्रियाशिल रहेको बताउँदै पार्टीभित्र देखिएका गुटबन्दी अन्त्य गर्दै सकारात्मक पक्षलाई अझ तिखार्ने, जनताका आवाजलाई महाधिवेशनमार्फत संस्थागत गर्ने र विचारको राजनीति यो महाधिवेशनले प्रवर्द्धन गर्नुपर्ने काफ्लेले बताए ।

राजनीतिक रुपमा चलायमान गर्नका लागि युवाहरुको नेतृत्व पनि अत्यन्तै महत्वपुर्ण रहेकोले देवचुली १० वडा सभापतिको नेतृत्वमा जाने निर्णय गरेको काफ्लेले देवचुली खबरसँग कुराकानी गर्दै आफू उम्मेदवार हुनेमा कुनै शंका नगर्न आग्रह समेत गरेका छन् ।

Write your Comment