काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो राजीनामा संसद् सचिवालयसमक्ष बुझाएका हुन् ।
नेकपा एमालेमा देखिएको विवादका कारण उनले राजीनामा दिएको बताइएको छ । संसद् सचिवालय पुगेर उनले राजीनामा दिएको बताइएको छ ।
नेकपा एमालेमा देखिएको विवादका कारण उनले राजीनामा दिएको बताएका छन् ।
“राजनीतिक नेतृत्वबाट देश र जनतालाई अनिश्चियतर्फ धकेलियो,” उनले भनेका छन्, “राजनीतिक वृत्तको नेतृत्वमा देखिएको चरम सत्ता लिप्सा देख्दा नेपालीको मन रुन्छ । पार्टी एकताका लागि अधिकतम प्रयत्न पनि गरेँ । अनियन्त्रित राजनीतिक स्वेच्छाचारी व्यवहार र षडयन्त्रका कारण पनि राजीनामा दिएको हुँ,” रावलले भनेका छन् ।