आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

सांसद विकास कोषको रकमबाट देवचुलीमा कुलो निर्माण

    प्रकाशित २०७८ अषाढ २८, सोमबार (२ साल अघि)


देवचुली । नवलपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. शशांक कोइरालाले प्रदान गरेको सांसद विकास कोषको रकमबाट देवचुलीमा पक्की कुलो निर्माण भएको छ ।

देवचुली नगरपालिका वडा नम्बर १२ स्थित कालिका मन्दिरको सिमानासँगैको मूल सडकबाट करिव ८८० मिटर तल मुक्तिक्षेत्र टोलको प्रारम्भ बिन्दुसम्म पक्की कुलो निर्माण गरिएको कुलो निर्माण समितिका अध्यक्ष मधु थापाले जनाए ।

माननीय सांसद डा. शशांक कोइरालाले सांसद विकास कोषको रकम रु १० लाख उपलब्ध गराएपछि यो काम गर्न सकिएको र उक्त कुलोबाट कुल १५० घर किसानहरु लाभान्वित हुने निर्माण समितिका अध्यक्ष थापाले जानकारी दिए ।

गत वर्ष समेत सांसद विकास कोषबाट देवचुली नगरपालिका वडा न १२ गैंडी क्षेत्रमा कालोपत्रे गर्नका लागि रू १० लाख नै प्राप्त भएको थियो । कोषको रकमसँगै स्थानीय उपभोक्ताहरुले समेत आफ्नो जनश्रमदान तथा आर्थिक सहभागिता गराएका थिए । कुलो निर्माणमा समेत उपभोक्ताको २०% लगानी रहेको थियो ।

Write your Comment