आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024 Search
FLASH NEWS

एसियन पावर गर्ल्स क्याम्पमा नेपाली किशोरीहरुले २ अवार्ड जित्दै समापन

    प्रकाशित २०७८ अषाढ २६, शनिबार (२ साल अघि)


नवलपुर । ताईवानमा सम्पन्न भएको एसियन पावर गर्ल्स क्याम्पमा सहभागी नेपाली किशोरीहरुको समुहले २ वटा फरक फरक अवार्डहरु जित्न सफल भएका छन् ।
जुन ९ र १० का दिन २ दिनसम्म सञ्चालित सो कार्यक्रम कोरोना महामारीको प्रभावले गर्दा अनलाईनबाट सञ्चालन भएको थियो । कार्यक्रममा नेपाल लगायत भारत, मंगोलिया, कम्वोडिया, ताईवान र चीनका किशोरीहरुको सहभागिता रहेको थियो । नेपालबाट १४ जना फरक फरक ठाँउका किशोरीहरुको सहभागिता रहेको र उनीहरु ३ फरक फरक समुहमा रहेका थिए ।

उनीहरुलाई नेपालबाट सहभागिता गराउनको लागि जागृति बाल तथा युवा सरोकार नेपालले प्राविधिक रुपमा सहयोग गरेको संस्थाका कार्यक्रम अधिकृत हसिना श्रेष्ठले बताउनुभयो । २ दिन सम्म फरक फरक समयमा फरक फरक समुहमा बसेर आफ्नो देशभित्र रहेका किशोरीहरुको समस्याहरु, उनीहरुले भोगेका र देखेका व्यथाहरु, नीतिगत र कानुनी प्रावधानहरुको बारेमा जानकारीहरु लिने र दिने सँगै आफ्नो लागि फरक फरक कार्यहरु समेत अनलाईनबाट नै हल गरेको नेपालबाट सहभागि किशोरी रेजिना घर्तीमगरले बताउनुभयो ।हामीले आफ्नो समुहमा बसेर विभिन्न विधीहरु र एप्लीकेसनहरुको सहायाताले आफ्नो भनाईहरु राख्न सफल भएको र २ समुहले वेस्ट चेन्ज मेकर अवार्ड जितेको उहाँले बताउनुभयो ।
नेपालबाट सहभागि भएका हरुसँग प्रविधिको धेरै समस्याहरु रहेकोले सोचेजस्तो गर्न नसकेको तैपनि त्यहाँ आएका अन्य देशका सहभागीहरुसँग प्रतिस्पर्धामा गएको र साथै नेपालीमा सहयोग गर्नको लागि सस्थाले प्राविधिक सहयोग गरेकोले सजिलो भएको अर्की सहभागि किशोरी सुस्मिता भण्डारीले बताउनुभयो ।आफूहरुले वेस्ट रचनात्मक अवार्ड जितेको र धेरै विषयमा जानकारी हासिल गरेको बताउनुभयो ।

कोरोना महामारीमा बाहीर जान समस्या भएको तर यसरी घरबाट नै अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिएर अवार्डरु जित्दा किशोरीहरु खुसी र उत्साहीत देखीन्थे ।ताईवानमा रहेको द गार्डेन होप फाउण्डेसनले हरेक वर्ष यसरी कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ ।

Write your Comment