आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

हुप्सेकोट गाउँपालिकामा प्रत्येक दिन विशेषज्ञ सहितको सेवा सुरु

    प्रकाशित २०७८ अषाढ २६, शनिबार (३ साल अघि)


प्रिय धन,नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा प्रत्येक दिन विशेषज्ञ सहितको उपचार सेवा सुरु हुने भएको छ । देउराली प्राथमिक स्वास्थ्य केन्द्र ( देउराली प्राथमिक अस्पताल ) झ्यालबासबाट यो सेवा सुरु हुन लागेको हो । हुप्सेकोट गाउँपालिकामा यस अघि विशेषज्ञसहितको उपचार स्वास्थ्य शिविरमा मात्र हुने गर्दथ्यो । अब दैनिक रुपमा डाक्टर आमोद घिमिरेद्वारा परामर्श तथा प्रत्येक साताको शुक्रबार जनरल फिजिसियन डाक्टर राजभक्त महर्जनद्वारा उपचार तथा परामर्श सेवा दिन लागिएको हो । अहिले विशेषज्ञसहितको उपचार सेवा सूचारु भईसकेको र भिडियो एक्सरे लगायतका अन्य मेसिनरी सामान ल्याउने प्रक्रिया अगाडी बढेको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जानकारी दिनुभयो ।

Write your Comment