आज:  २०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024 Search
FLASH NEWS

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    प्रकाशित २०७८ अषाढ २२, मंगलबार (२ साल अघि)


नवलपुर। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ ।मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, मट्टितेल तथा डिजेलको मूल्य लिटरमा २ रुपैयाँले बढाएको हो ।

यस्तै, हवाई इन्धन (आन्तरिक उडान)को मूल्य प्रतिलिटर २ रुपैयाँ र अन्तर्राष्ट्रियको मूल्य प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएको छ ।अब पेट्रोल प्रतिलिटर १२९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेल ११२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

निगमले खाना पकाउने (एलपी) ग्यासको मूल्यमा प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ । निगमले पछिल्लोपटक हरेक दुई हप्तामा पेट्रोलियम पदार्थको मूल्य बढाउँदै आइरहेको छ ।

Write your Comment