आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा जुवाको खालबाट ११ जुवाडे पक्राउ

    प्रकाशित २०७८ अषाढ २०, आईतबार (२ साल अघि)


देवचुली । पूर्वि नवलपरासी (नवलपुर) मा जुवाको खालबाट ११ जना जुवाडे पक्राउ परेका छन् । नवलपुरको देवचुलीबाट ४३ हजार ७ सय ८५ रुपैँया नगद जुवाडेहरु पक्राउ परेका हुन् । शनिबार देवचुली १७ कुजौली स्थित नवलपुर खाजा घरबाट ११ जुवाडे पक्राउ परेको नवलपुर प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा होटल सञ्चालक जितलाल थनेत समेत रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ । दिउसो सवा २ वजे जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरीको टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा देवचुली १७ कुजौली बस्ने वर्ष ३१ का खोज वहादुर पन्जीयार, ३८ वर्षका भुपेन्द्र पन्जीयार, वर्ष ४२ का पुर्ण बहादुर महतो , वर्ष ४४ का चुडामणी पन्जीयार, वर्ष ४५ का प्रेम बहादुर थनेत, वर्ष ३९ का जितलाल थनेत, वर्ष २७ का कमल थनेत, वर्ष ३४ का शेर बहादुर पन्जीयार, बर्ष ४० का बलिराम पन्जीयार, ५८ वर्षका सत्यनारायण महतो र वर्ष २६का कृष्ण थारु रहेका छन् ।
पक्राउ परेका सबैलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।

Write your Comment