आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

असारे विकासले देवचुली चारको सडक भासियो,स्थानियद्धारा विरोध

    प्रकाशित २०७८ अषाढ १८, शुक्रबार (३ साल अघि)


बिबेक भण्डारी
असारे विकासले सडक भासिएको भन्दै नवलपुर देवचुलीकाका स्थानिय विरोधमा उत्रिएका छन । गण्डकी प्रदेश र देवचुली नगरपालिकाको समपुरक बजेटमा निर्माण गरिएको सडक भत्केको एक वर्ष पुग्न लाग्दा समेत निर्माण हुन सकेको छैन ।

देवचुली नगरपालिका वडा नम्बर २ हुदै वडा नम्बर चार जोड्ने सडक गत जेठमा निर्माण काम पुरा भएको थियो । सडक निर्माण भएको तिन महिना पनि नपुग्दै भासिएको सडक एक वर्ष पुग्नै लाग्दा समेत सडक मर्मत हुन नसकेको भन्दै स्थानियहरुले विरोध गरेका छन । स्थानियका अनुसार सडक निर्माणको क्रममा बनाइएको पर्खाल कमसल भएको भन्दै सडक भासिएको बताए । गत वर्ष निर्माण पुरा गर्ने भनि आश्वासन दिएको वडा कार्यलयले हाल सम्म पनि वास्ता नगरेको भन्दै स्थानियले आक्रोस पोखेका छन ।

जुनतारा कन्ट्रक्सनले सडक निर्माणको जिम्मा पाएको थियो । यता देवचुली वडा नम्बर चारका वडा अध्यक्ष गिरबहादुर थापाले आफुले भत्कीएको सडक निर्माणको जिम्मा पाएको जुनतारा कन्ट्रक्सनले निर्माण गरिदिने भनि सोहि अनुसार पर्खेको तर जुनतारा कन्ट्रक्सनको सम्झौतामा निर्माणको जिम्मा नदेखिए पछि निर्माणको काम अघि नबढेको बताए । वडा अध्यक्ष थापाका अनुसार अब हिउद लाग्ना साथ भत्कीएको सडक निर्माण गर्ने बताए ।

Write your Comment