आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा कोरोनाः बजारक्षेत्रमा घट्दो, गाउँमा फैलदो

    प्रकाशित २०७८ जेष्ठ २७, बिहिबार (२ साल अघि)


खगेन्द्र पराजुली,नवलपुर । पछिल्लो समय देवचुलीका बजार क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा संक्रमित हुनेको संख्या बढ्दै गएको छ । देवचुली नगरपालिकाले पिसीआर परिक्षणका लागि स्वाव संकलनसँगै एन्टीजेन परिक्षणलाई पनि तिव्रता दिएसँगै ग्रामीण क्षेत्रमा संक्रमित फला परेका छन् । बुधवार र बिहीवार दुई दिन भिन्दाभिन्दै भौगोलिक क्षेत्रमा गरिएको परिक्षणबाट भिन्दाभिन्दै रिपोर्ट आएको छ ।
बुधवार नगरपालिकाको अत्यन्त ब्यस्त बजार र बाक्लो जनघनत्व रहेको दलदले बजारमा बिभिन्न ब्यापार–ब्यवसाय गर्दै आएकाहरुमध्ये ४३ जनामा एन्टीजेन परिक्षण गर्दा सतप्रतिसत रिपोर्टमा नेगेटिभ पुष्टि भएको थियो । तर, आज बिहीवार देवचुली स्वास्थ्य चौकीमा ५० जनामा गरिएको एन्टीजेन परिक्षणमा १८ जनामा संंक्रमण देखिएको स्वास्थ्य शाखा देवचुलीले जनाएको छ । संक्रमण पुष्टि हुनेमा वडा नं. ७ का ६ जना, ८ का ४ जना, ९ का २ जना, ११ का ५ जना र १३ का १ जना छन् ।

Write your Comment