आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

ट्रकको ठक्करबाट देवचुलीमा एकजनाकाे मृत्यु

    प्रकाशित २०७८ जेष्ठ २४, सोमबार (३ साल अघि)


देवचुली । नवलपुरको देवचुलीमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । देवचुली नगरपालिका वडा नं. २ मा गएराती २ बजे ना. १ क ३९५३ नम्बरको ट्रकले ठक्कर दिँदा अन्दाजी ६० बर्षका पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वका प्रहरी नायव उपरिक्षक दिलीप कुमार गिरीले जानकारी दिए । प्रहरीका अनुसार उनको परिचय खुल्न सकेको छैन ।
ट्रकले ठक्कर दिएपछि गम्भिर घाइते भएका पुरुषको प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । ट्रक चालक प्रहरीको नियन्त्रणमा छन् ।

Write your Comment