आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024 Search
FLASH NEWS

दिव्य ज्याेति सहकारीद्वारा वृक्षारोपण सम्पन्न

    प्रकाशित २०७८ जेष्ठ २२, शनिबार (२ साल अघि)


डि आर क्षेत्री , देवचुली
नयाँ साेच र सिर्जना , प्राकृतिक प्रणालिकाे पुनर्स्थापना भन्ने मुल नाराका साथ विश्व वातावरण दिवशकाे अवसरमा देवचुलि -१ केउरानीमा रहेकाे दिव्य ज्याेति कृषि सहकारि संस्थाको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेकाे छ ।
कार्यक्रममा सहकारीका अध्यक्ष बाबुराम माझीकाे अध्यक्षता रहेकाे थियाे भने देवचुलि नगरपालिका नगरकार्यपालिका सदस्य भाेज वहादुर माझीकाे प्रमुख आतिथि तथा शिसवार बाेटे माझी सामुदायिक हाेम स्टेका अध्यक्ष दल वहादुर बोटे अतिथि रहनुभएकाे थियाे ।
विश्वभरि फैलिएको काेराेना भाईरसकाे संक्रमण फैलिन सक्ने भन्दै स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाई सदस्यहरुकाे घरघरमा नै बिरुवा उपलव्ध गराईएकाे अध्यक्ष माझीले बताए । कारितास नेपालको आर्थिक सहयोगमा सहकारीका शेयर सदस्यहरुकाे घरमा फलफुल , विभिन्न थरिका फुलहरुकाे साथै अन्य विभिन्न प्रजातिका बिरुवाहरु वितरण गरिएको छ । सहकारीका सबै शेयर सदस्यहरु शिसवार वाेटे माझी सामुदायिक हाेम स्टेमा पनि रहेकाे र पाहुनालाई स्वागत सम्मानमा प्रयाेग हुने खालका बिरुवाहरु वितरण गरिएको संस्थाका सचिव पुर्णिमा माझीले बताईन् ।
पर्यटकीय क्षेत्र बिस्तार हुँदै गएकाेले गाउँभरि नै सबैले आ-आफ्नाे घरमा फुलका बिरुवा लगाउदा समग्र गाउँ नै सफा सुग्घर तथा हरियाली हुने र पर्यावरण नै रमणीय हुने कार्यक्रमका प्रमुख अतिथि कार्यपालिका सदस्य भाेजबहादुर माझीले बताए।

Write your Comment