आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024 Search
FLASH NEWS

नवलपुरको चौधरी उद्योगमा लागेको भीषण आगोलागी नियन्त्रण

    प्रकाशित २०७८ जेष्ठ १९, बुधबार (२ साल अघि)


नवलपुर । सि. जि. इन्ड्रस्ट्रियल पार्क अन्तर्गतको सि. जि. ब्रुअरी नेपाल प्रा लि दुम्कौलीमा आज बिहान ८:३० बजे अचानक लागेको आगो ५ वटा दमकल प्रयोग गरी नियन्त्रणमा आएको छ ।

बियर उत्पादन भईरहेको बखतमा केही समय विद्युत आपुर्ती बन्द भएको र विद्युत आएको केही बेरमा अचानक छानो माथि धुवा देखिएको थियो । बियर उत्पादनमा आवश्यक पर्ने कच्चा पदार्थ प्याकेजिङ मिटेरियल खाली कार्टुनको गोदामबाट आगो सल्किएको थियो । उक्त आगो बढदै गएर मेसिनरी पार्ट्स, बिक्री गर्न गोदाम गरी राखेको बियर लगायत अफिसका धेरै महत्वपूर्ण कागजात समेत जलेर पूर्णरुपमा नष्ट भएको उद्योगको विशेष स्रोतबाट जानकारी प्राप्त भएको छ ।

यो पनि पढ्नुहोस्..

नवलपुरको चौधरी उद्योगमा आगोलागी

आगो नियन्त्रणका लागि चितवन, कावासोती नगरपालिका र सेनाको समेत दमकल प्रयोग गरिएको थियो । विद्युत सर्किट भएर आगो लागेको हुनसक्ने अनुमान गरिए पनि यसको प्रमुख कारण यकिन गर्न सकिएको छैन । सेना प्रहरी पनि आगो नियन्त्रनमा खटिएको थियो ।

यस कम्पनिले नेपाल आईस, रियल गोल्ड, मुस्ताङ लगायतका बियर उत्पादन गर्दैआएको थियो । यसको क्षती विवरण पनि हाल नै यकिन गर्न सकिने अवस्था छैन ।

नियन्त्रणमा आएपछिको तस्बिरहरु

 

Write your Comment