आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024 Search
FLASH NEWS

चितवनमा पनि निजी सवारीसाधनमा जाेर बिजाेर लागू, पसल व्यवसाय साताकाे ३ दिन खुल्ने

    प्रकाशित २०७८ अषाढ ९, बुधबार (२ साल अघि)


भरतपुर । चितवन प्रशासनले जारी निषेधाज्ञालाई केही खुकुलाे गराउँदै निषेधाज्ञाको अवधि थप गरेकाे छ ।
भाेलि असार १० गते राति १२ बजेसम्म कायम रहेकाे निषेधाज्ञा अवधि अब असार १७ गते राति १२ सम्म लम्बिएको छ ।

नयाँ आदेशअनुसार चितवनमा पनि निजी सवारीसाधनमा जाेरबिजाेर प्रणाली लागू गरिएकाे छ । जाेर गते जाेर नम्बरका र बिजाेर गते बिजाेर नम्बरका निजी सवारी चलाउन पाइने छ ।सार्वजनिक सवारी भने अझै चलाउन पाइने छैन ।
पसल व्यवसाय साताकाे ३ दिन दिउँसाे १२ देखि ४ बजेसम्म खाेल्न पाइने भएकाे छ । ती पसल आइतबार, मंगलबार र बिहीबार खाेल्न पाइने छ ।
खाद्यान्न, किराना लगायतका पसलहरू भने साबिक बमोजिम नै बिहान ६ बजेदेखि १० बजेसम्म मात्रै खोल्न पाइने नियम यथावत छ ।

Write your Comment