आज:  २०८१ कार्तिक २३, शुक्रबार | Fri, 08, Nov, 2024 Search
FLASH NEWS

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

    प्रकाशित २०७८ अषाढ ४, शुक्रबार (३ साल अघि)


पोखरा । गण्डकीका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । उनले शुक्रबार राखेको प्रश्तावमा बहुमत सदस्यले पक्षमा मतदान गरेका छन् । ५९ सांसद रहेका गण्डकी प्रदेशसभामा ३१ सांसदले नेपालीको पक्षमा मतदान गरे भने २७ सांसद विपक्षमा उभिए ।

सत्ता साझेदार दल नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको ११, जनता समाजवादीको २ र जनमोर्चाको २ तथा स्वतन्त्र सांसदको मत नेपालीले पाए । एकल विपक्षी एमालेका २७ सांसदले विपक्षमा मतदान गरेका हुन् ।

अघिल्लो पटक विपक्षी गठबन्धनमा मतदान नगरेपछि जनमोर्चाले आफ्ना सांसद कृष्ण थापालाई कारबाही गरेको थियो । उनको कारबाहीले पोखरेल समूहलाई झनै सहज बनाएको हो ।

Write your Comment