आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

नारायणी आसपासका रिसोर्ट डुबानमा, त्रिवेणीमा बाढी खतराको नजिक

    प्रकाशित २०७८ अषाढ २, बुधबार (२ साल अघि)


नवलपुर । नवलपरासी पूर्व नवलपुरको अमलटारी क्षेत्रका रिसोर्ट डुबानमा परेका छन् । अविरल परेको पानीका कारण नारायणी नदि आसपास रहेका पाँच वटा रिसोर्ट डुबानमा परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताउनुभयो । क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।
यस्तै प्रहरी उपरिक्षक गिरीका अनुसार गैंडाकोटको बोटे टोलका केही स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । मंगलबार राति नै उनिहरुलाई सुरक्षित स्थानमा सारिएको हो । अहिले सम्म नवलपुरमा अन्य कुनै क्षती नभएको उहाँले बताउनुभयो । राजमार्गमा भने डाइभर्सनले गर्दा बेला बेलामा यातायात अवरुद्ध हुने गरेको छ । डाइभर्सन बनाउदै यातायात संचालन गर्न परिरहेको प्रहरी उपरिक्षक गिरीले बताउनुभयो ।
उता गण्डक ब्यारेजमा अहिले २ लाख ७६ हजार क्युसेक पानी मापन गरिएको छ । बिहान यो मात्रामा पानी मापन गरिएको प्रहरी उपरिक्ष गिरीले बताउनुभयो । दुईलाख पचास हजार क्युसेक पानी चेतावनीको तह मानिन्छ । तीन लाख क्युसेक पानी पुगे खतरा तह मानिन्छ । गण्डक ब्यारेजका सबै ३६ वटा ढोका भने मंगलबार नै खोलिएको छ ।

Write your Comment